अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी र जनमोर्चाका नेता-कार्यकर्ता एमालेमा प्रवेश

माओवादी र जनमोर्चाका नेता-कार्यकर्ता एमालेमा प्रवेश


रुपन्देही – राष्ट्रिय जनमोर्चा निकट मजदुर संगठनका काठमाडौं जिल्ला अध्यक्षसहित तीन दर्जन नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष धर्म सिमाली र माओवादी केन्द्र काठमाडौं जिल्ला सदस्य जुद्धबहादुर नेपालीसहित तीन दर्जन नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको हो । प्रवेश गर्नुहुनेहरुलाई एमालेका महासचिव शंकर पोखरेलले एमालेमा स्वागत गर्नु भएको हो ।

आज पार्टी केन्द्रीय कार्यालयमा उहाँहरुलाई एमालेमा स्वागत गर्दै एमाले महासचिव पोखरेलले एमालेको पहिचानलाई थप बलियो बनाउन आग्रह गर्नुभयो ।