अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाअभियोगबारे पार्टीमा छलफल भएको छैन : अर्जुन नरसिंह केसी

महाअभियोगबारे पार्टीमा छलफल भएको छैन : अर्जुन नरसिंह केसी


काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोग बारे पार्टीमा कुनै छलफल नभएको बताउनु भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकपछि उहाँले पार्टीका आधिकारिक फोरममा महाअभियोगको विषयमा कुनै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन दिनदेखि पार्टीको कार्यसम्पादन बैठक चलिरहेको छ । महाअभियोगको विषय अहिलेसम्म प्रवेश नै भएको छैन । महाअभियोग कसरी भयो, किन भयो, अहिले नै किन भयो म आफै यो विषयमा जानकार छैन ।’