काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ मा वर्ड फ्लू देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गोकर्णेश्वर नगरपालिका-३ को एक फर्ममा पालिएका कुखुराको नमूना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षण पछि बर्ड फ्लू रोग पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनु भयो । प्रभावित क्षेत्रमा बर्ड फ्लूलाई नियन्त्रण गर्ने कार्य भइरहेको बताउनुभयो ।
हाल पुष्टि भएको एपी वान इन्फुलुन्जा पन्छीहरुमा संक्रमण भएको र यसले मानिसहरुलाई पनि संक्रमण गराउन सक्ने भएकोले सतर्कता अपनाउन समेत सहप्रवक्ता डा. अधिकारीले आग्रह गर्नुभयो ।
प्रतिक्रिया