काठमाडौं- एमाले महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग चार वटा षडयन्त्रका साथ आएको भन्दै बिफल बनाउने घोषणा गर्नुभएको छ ।
एमाले सचिवालयको बैठकपछि आफ्नो धारणा राख्दै महासचिव पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराबिरुद्ध सत्तारुढ दलले ल्याएको महाअभियोगभित्र चार षडयन्त्र लुकेको भन्दै उजागर गर्नुभएको छ । ‘यस कदमले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्ने र अदालतलाई सत्ताको आदेशपालक बनाउने नियत राखेको छ । यसले नेकपा (एमाले) को निरन्तरको खवरदारी र जनस्तरको दवाववाट तयभएको स्थानीय तहको निर्वााचनलाई पर धकेल्ने कुनियत वोकेको छ,’ पोखरेलले भन्नुभएको छ ।
यस्तो छ पोखरेलको निश्कर्ष
सत्ता गठवन्धनसँग महाभियोग पारित गर्ने संख्या नहुदा नहुदै पनि प्रतिपक्षसँग परामर्श नै नगरी ल्याइएको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव षडयन्त्रपूर्ण र नियोजित कदमका रुपमा आएको छ ।
यसले सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयको अन्तरालपछि सुरुभएको सम्वादको प्रकृयालाई विथोल्ने र मुलुकलाई नयाँ शिरावाट मुठभेडमा धकेल्ने प्रपन्च वोकेको छ ।
यस कदमले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्ने र अदालतलाई सत्ताको आदेशपालक बनाउने नियत राखेको छ ।
यसले नेकपा (एमाले) को निरन्तरको खवरदारी र जनस्तरको दवाववाट तयभएको स्थानीय तहको निर्वााचनलाई परधकेल्ने कुनियत वोकेको छ ।
यसले मुलुकको सम्वैधानिक र राजनीतिक प्रणालीलाई कमजोर र अस्थिर बनाउने तथा नेपालको स्वाधिनता र स्वाभिमानमा नै चोट पुर्याउने जोखिम छ ।
नेकपा एमाले यस प्रकारका षडयन्त्रपूर्ण कदमको डटेर सामना गर्न र त्यसका कुत्सित मनसायलाई असफल बनाउन दृढ र सक्षम छ । नेकपा (एमाले) संसदीय दलको वैठकले यसका विरुद्धमा आवश्यक र ठोस कदम चाल्नेछ ।







प्रतिक्रिया