अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखले बोलाएको बैठकमा एमाले नजाने

सभामुखले बोलाएको बैठकमा एमाले नजाने


काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा एमाले सहभागी नहुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

सभामुख सापकोटाको सचिवालयका अनुसार दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै आएको प्रमुख विपक्षी दल एमालेले भने सर्वदलीय बैठकमा नजाने बताएको छ ।