काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृत्रिम गठबन्धनले संविधान कार्यान्वयनमा व्यवधान सुरु गरेको बताउनुभएको छ ।
नेकपा एमाले संसदीय दलको बैठक सुरुवात गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अस्थिरतावादी शक्तिहरु, लोकतान्त्रिक प्रणाली, लोकतन्त्र कार्यान्वयन र सुदृढिकरणलाई व्यवधान गर्दैछन्, संविधान कार्यान्वयमा व्यवधान पु¥याउँदैछन् ।’
अध्यक्ष ओलीले नेपाली राजनीतिमा गठबन्धनका नाममा अस्वभाविक, कृत्रिम, अप्राकृतिक ध्रुवीकरण भएको उल्लेख गर्नुभयो ।
बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ ।
सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।
सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट निलम्बित भएका छन् ।







प्रतिक्रिया