झापा – मोबाइल बिगारेको विषयमा झगडा हुँदा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ वर्षीया अनिता लिम्बुलाई घाटी र शरीरमा चक्कु प्रहार गरी आफ्नै घरमा हत्या गरेको प्रहरीले बताएको छ।
तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाएको छ।
मृतकको लाश आवश्यक कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया