काठमाडौं – एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताउनु भएको छ ।
काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावको बारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताउनु भएको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग प्रस्ताव दर्तापछि उत्पन्न राजनीतिक अवस्थाको बारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसेको थियो । तर, यसबारे एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताउनुभयो। प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने नेता तामाङको विश्वास छ ।
प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने उहाँले बताउनु भयो । ‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भएपनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भन्नुभयो, महाअभियोगको प्रस्ताव ल्याउँदैनौँ ।’







प्रतिक्रिया