काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा होइन, सुझबुझपूर्ण रूपमा निर्णय गर्ने बताउनु भयो ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामी आवेश र उत्तेजनामा आएर निर्णय गर्दैनौं । नेतृत्वले सुझबुझपूर्ण निर्णय लिन्छ ।’
सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आइतबार संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महाभियोग प्रस्ताव दर्ता गरेपछि आक्रोशित एमालेले ‘काउन्टर’का लागि सर्वोच्च अदालतका चार न्यायाधीश (जसले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेका थिए) लाई महाभियोग लगाउने चर्चा चलिरहेका बेला अध्यक्ष ओलीबाट संयमित अभिव्यक्ति आएको हो ।
हिजो साँझ पार्टी अध्यक्ष ओली निवास बालकोटमा बसेको सचिवालयका सदस्यहरूको बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो।








प्रतिक्रिया