अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठक सिंहदरबारमा सुरू, एमाले अनुपस्थित

सर्वदलीय बैठक सिंहदरबारमा सुरू, एमाले अनुपस्थित


काठमाडौं – सभामुख अग्नि सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उहाँको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ । बैठकमा नेकपा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी भएका छन् ।