अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले चोलेन्द्रलाई बोकेर हिँड्दैन : केपी ओली

एमालेले चोलेन्द्रलाई बोकेर हिँड्दैन : केपी ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने बताउनु भएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई एमालेले बोकेर हिँड्न नचाहेको बताउनु भएको हो । बैठकमा सांसदहरुले चोलेन्द्र शमशेर राणामाथिको महाभियोग र एमसीसीबारे पार्टीको धारणा स्पट हुनुपर्ने धारणा राख्नु भएको थियो । संसदीय दलको बैठकमा उहाँले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताउनु भयो ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्वाचान सार्ने, एमसीसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव आएको बताउनु भयो । ‘यतिवेला प्रधानन्यायाधीशका विरुद्ध महाभियोग प्रस्ताव निर्वाचनलाई सार्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो प्रवृत्तिको रुपमा आएको छ’ बैठकमा अध्यक्ष ओलीले भन्नुभएको रणा उदृत गर्दै भट्टराईले भन्नभयो ‘यो व्यक्ति विशेष मात्रै होइन, समग्र लोकतन्त्र र संविधान माथिकै प्रहार हो ।’ 

त्यस्तै उहाँले चोलेन्द्रलाई बोकेर नहिँड्ने पनि प्रस्ट पार्नुभएको थियो । ‘एमालेको मनसाय चोलेन्द्रलाई बोकेर हिँड्नुपर्छ भन्ने होइन। उहाँसँग एमालेको धेरै असन्तुष्टि छन् । तैपनि यो वेलामा अदालत गिजोल्ने, निर्वाचन सार्ने र एमसीसी पास गर्ने उद्देश्यले आएको हो । आवश्यक परे सडक, संसदबाट प्रतिवाद गर्नुपर्छ ।’