सुर्खेत – फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डोल लामा उर्फ कार्चेन लामाविरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको छ ।
सुर्खेतका २० वर्षिया विनिता बोगटीले संविधानको समावेशी सिद्धान्तविपरीत बनेको मन्त्रिपरिषद् विघटन गरी समावेशी सिद्धान्त अनुरूप गठनको आदेश माग गर्दै रिट दायर गर्नु भएको हो । उहाँले सांसद नभएर पनि मन्त्री बनेका कार्चेन लामा मूर्ति चोरीको अभियोग प्रमाणित भई जेल सजाय काटेको व्यक्ति भएको भन्दै नैतिक पतन देखिने फैजदारी कसुर पाएका उहाँलाई मन्त्री पदबाट हटाउन माग गर्नु भएको छ ।
नेकपा माओवादी हुम्लाका नेता रहेका कार्चेनलाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।








प्रतिक्रिया