काठमाडौँ – नेपाल धितोपत्र बोर्डको अध्यक्षका निम्ति तीनजनाको नाम सिफारिस गरेको छ ।
आज बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस गरेको हो । नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल रहेका छन् । सिफारिस भएका तीनजनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ ।
अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो । १५ जनामध्ये छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । पाँच जनामध्येबाट पनि तीन जनालाई गरिउको हो ।







प्रतिक्रिया