अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीका विषयमा म ‘अम्पायर’ मात्रै हो : सभामुख सापकोटा

एमसीसीका विषयमा म ‘अम्पायर’ मात्रै हो : सभामुख सापकोटा


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आफैले बोलाउनु भएको सर्वदलीय बैठकमा एमसीसीका विषयमा अस्पष्ट कुरा गर्नु भएको छ ।

आज संसद् सञ्चालन तथा नयाँ परिस्थितिको व्यवस्थापनबारे छलफलका लागि सवर्दलीय बैठक डाकेर सापकोटाले बैठकपछि आफू ‘अम्पायर’को भूमिकामा मात्र रहेको बताउनुभयो ।

बैठकपछि सभामुख सापकोटाले एमसीसी र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल भएको बताउनु भयो। दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको प्रतिक्रिया दिनुभयो ।

‘सबै विषयमा छलफल भएको छ । सबैले आआफ्ना धारणा राख्नुभएको छ । मैले निष्पक्ष भएर सोचेको छु। म ओपन माइन्डमा छु । एमसीसीका सम्बन्धमा म अम्पायर मात्रै हो । दलहरू सहमत भए म रोक्दिन’, सभामुख सापकोटाले भन्नुभयो, ‘आजको बैठक विशेष भएको छ । संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्नुहुनेछ। म अहिले वर्तमान सभामुखको हैसियतमा स्वतन्त्र र निष्पक्ष भएर निर्णय गर्नुपर्छ ।’  

सभामुख सापकोटाले आफू ‘अम्पायर’ मात्र भएको भन्दै जे निर्णय गरेपनि दलहरूले नै गर्ने बताउनु भयो।