अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महालक्ष्मीमा नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रमले लियो सफलता

महालक्ष्मीमा नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रमले लियो सफलता


ललितपुर- महालक्ष्मी नगरपालिकामा “नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखीकरण कार्यक्रम” वडा नं ४, इमाडोल स्थित श्री महेन्द्र आदर्श मा।वि।मा सञ्चालन गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली, रोजगार संयोजक अनिष महर्जनसहित नगरपालिकाका कार्मचारीहरू र वडा नं १, २, ३, ४ र ७ बाट नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममा सूचीकृत ३१ सहभागीहरुको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा नगर श्रेष्ठले उद्यमशीलताको विकासमा नगरपालिकाको सोच र हाल सम्मको प्रयास सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले जनप्रतिनिधिको बहालीपछि पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, श्रम तथा रोजगार, वातावरण संरक्षण तथा सरसफाइ, कृषिरपशु विकास जस्ता मुख्य क्षेत्रहरुमा नगरले गरेका प्रयास र उपलब्धीहरुबारे प्रकाश पार्नुका साथै नगर प्रमुख युवा उद्यमशीलता विकास कोषमार्फत नगर क्षेत्रभित्रका नवउद्यमीहरूलाई प्रोत्साहन र सहयोग गरी थप रोजगारीको समेत सृजना गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले यस कार्यक्रम सञ्चालनका निम्ति तर्जुमा गरिएका कानुनहरु स् महालक्ष्मी नगरपालिका उद्यमशीलता विकास कोष सञ्चालन कार्यविधि, २०७७ र महालक्ष्मी नगरपालिका नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन मापदण्ड, २०७७ बारे चर्चा गर्नु भएको थियो।

नगर उपप्रमुख निर्मला थापाले नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिने क्रियाकलापहरु, कार्यक्रममा सहभागीहरुको भूमिका, समूह/उद्यमी छनौटका आधार र कार्यक्रममार्फत उद्यमीले कसरी बिउ पुँजी, बजारीकरण र प्रविधि हस्तान्तरणको लाभ लिनसक्छन् भन्ने बारे प्रस्तुतीकरण गर्नु भएको थियो। उहाँले आ.व. २०७७/७८ मा यस कार्यक्रम मार्फत निर्ब्याजी बिउपुँजी प्राप्त गर्ने उद्यमीहरूको प्रगतिबारे समेत चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले सहभागीहरुलाई कुशल उद्यमीमा हुनुपर्ने गुणहरू बारे बताउनुहुँदै सहभागी सबैलाई कुशल उद्यमी बन्न प्रोत्साहन गर्नुका साथै यस नगरपालिकाको नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रमबाट कसरी लाभान्वित हुन सकिन्छ र सो कोषको अवधारणा र प्रयोग बारे थप प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा Kings College बाट आउनुहुने स्रोत व्यक्त उद्गम खड्काले नगरपालिका र Kings College बीच भएको उद्यमशील सीप विकाससम्बन्धी समझदारी र सो मार्फत सञ्चालन गरिने कार्यक्रम तथा क्रियाकलापहरुबारे सहभागीहरुमाझ छलफल गर्नुभएको थियो भने रोजगार संयोजक अनिश महर्जनले सहभागीहरुलाई आफ्नो व्यवसायिक योजना निर्माण गर्न सहजिकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता लालमाया मोक्तानले गर्नुभएको थियो ।