अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मूर्ति चोरीमा दोषी ठहर मन्त्री लामालाई बर्खास्तको माग गर्दै उच्च अदालतमा रिट

मूर्ति चोरीमा दोषी ठहर मन्त्री लामालाई बर्खास्तको माग गर्दै उच्च अदालतमा रिट


सुर्खेत- फौजदारी अभियोगमा अदालतले दोषी ठहर भई कैद सजाय भोगेका व्यक्तिलाई मन्त्री बनाएको भन्दै कर्णालीका एक मन्त्रीविरुद्ध रिट दायर भएको छ।

उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) विरुद्ध सोमबार उच्च अदालत सुर्खेतमा रिट दायर भएको हो।

कर्णाली प्रदेश प्रमुखको कार्यालय, प्रदेश सरकार र मन्त्री लामालाई विपक्षी बनाई मध्यपश्चिम विश्वविद्यालय कानुन संकायकी विद्यार्थी विनीता बोगटीले रिट दायर गरेकी हुन्।

रिटमा फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री बनाउनु संविधान विपरीत हुने भन्दै नियुक्ति बदरको माग गरिएको छ।

गुम्बाबाट मूर्ति चोरी गरेको अभियोगमा हुम्ला जिल्ला अदालतबाट ०५१ मंसिर २५ मा दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना भएका लामालाई नेकपा (माओवादी केन्द्र) ले मन्त्री बनाएको थियो।