अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री आलेले अश्लिल बोलेको अडियो: कारबाही गर्न एमाले सचेतक चौधरीको माग

मन्त्री आलेले अश्लिल बोलेको अडियो: कारबाही गर्न एमाले सचेतक चौधरीको माग


काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल बोलेको अडियो सार्वजनिक भएको छ ।

अश्लिल अडियोको सत्यताबारे भने आलेले केही बोल्नुभएको छैन ।

आलेको अडियो सार्वजनिक भएलगत्तै कारबाही गर्न माग भएको छ ।

एमाले सचेतक शान्ता चौधरीले भन्नुभएको छ, ‘हद नाघेर अश्लिल बोल्ने, आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर ।’

एमाले नेतृ एवं सांसद भगवती चौधरीलगायतले पनि आलेलाई कारबाही गर्न माग गर्नुभएको छ ।