काठमाडौं- बहिगर्मित जनमुक्ति सेना नेपालले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष कृष्ण गिरीको गाडीमा तोडफोड गरेको छ ।
माघ १४ गते काठमाडौंको कडाँघारी (मनोहरा पुलबाट करिब ७ सय मिटर भित्र) आयोगका उपाध्यक्ष गिरीले प्रयोग गर्दै आएको कालो रंगको किया स्पोर्टेज प्रदेश ३ ११ ००२ झ ४९१५ नम्बरको सवारी साधनमा बहिगर्मित जनमुक्ति सेना नेपालले तोडफोड गरेको हो ।
संस्थाका उपाध्यक्ष सुनिल खड्काले विभिन्न आरोप लगाउँदै आयोगका उपाध्यक्ष गिरीको तत्काल राजीनामा माग गर्नुभएको छ ।
चिकित्सा शिक्षामा ब्यप्त भ्रष्टचार, अनियमिता, चीन लगायतकाका देशबाट आएका नेपाली विधार्थीहरुलाई इन्टर्न गर्न नदिएको, १३७ वटा नर्सिङ्ग कलेजहरु खारेजी, पार्टीगत आग्रह पूर्वाग्रह राखी पदीय गरिमाको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन, स्वास्थ्य शिक्षा अध्ययन गर्ने विधार्थीहरुलाईविदश पठाउने र रकम असुली गर्ने गरेको विज्ञप्तीमा जनाइएको छ।
सुधार गर्नुपर्ने चिकित्सा क्षेत्रमा अझ बढि धरासायी बनाउन लागिपरेको र नेपालको संविधान २०७२ मौलिक हक दफा ३१ शिक्षा सम्बन्धी हककोसमेत उल्लंघन गर्ने गराउने कार्य गरेको भन्दै खड्काले तत्काल गिरीको राजीनामा माग गर्नुभएको हो ।








प्रतिक्रिया