इलाम- इलामस्थित माइखोलामा डुबेर एक जना बालिकाको मृत्यु भएको छ।
माइजोगमाई गाउँपालिका-४ स्थित माइखोलामा डुबेर सोही ठाउँकी ९ वर्षीया अरिना राईको मृत्यु भएको हो।
प्रहरीका अनुसार सोमबार अपराह्न ४ बजे माइखोलामा माछा मार्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हो।
उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।






प्रतिक्रिया