काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब हप्ता दिन भित्रमा अमेरिकी सहयोग (एमसीसी) सँगको सम्झौता संसदबाट पास गर्ने अनुमान गर्नुभएको छ ।
अध्यक्ष प्रचण्ड र माधव नेपालले एमसीसी यथास्थितिमा तत्काल संसदबाट अनुमोदन गरिनु हुँदैन भन्दै जनतालाई भ्रम छरिरहनु भएको छ । दुवै नेताद्वयले कुनै पनि हालतमा यथास्थितिमा एमसीसी पास हुँदैन भनिरहनु भएको छ । यसै सन्दर्भलाई व्यंग्य गर्दै पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले उहाँहरूले सदनबाट चाहिं एमसीसी पास गर्न दिने अनि सडकमा चाहिं विरोध गर्ने बताउनु भएको छ ।
नेता बाँस्कोटा सामाजिक सञ्जालमार्फत् भन्नुहुन्छ- ‘देउवाले १०० दिनमा चुच्चे नक्सालाई बुच्चे बनाए । अब पुष्पकमल र माधवले हप्तादिन जसोमा एमसीसी सदनमा ध्वनी मतबाट पास र सडकमा धुमधामले टायरसहितको मसाल जुलुस गरी खारेज गर्छन्’, बाँस्कोटा कटाक्ष गर्दै भन्नुहुन्छ, ‘त्यसपछि राष्ट्रवादको नयाँ भाष्य निर्धारण हुन्छ । रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यही हो ।’








प्रतिक्रिया