अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट युवा संघले सभामुखविरुद्ध प्रदर्शन

एमालेनिकट युवा संघले सभामुखविरुद्ध प्रदर्शन


काठमाडौं – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले सडकमा सांकेतिक विरोध स्वरुप प्रतिनिधि सभाको दृश्य देखाएर सभामुखविरुद्ध प्रदर्शन गरेका छन् ।

आज नयाँ बानेश्वरस्थित सडकमा संघले सांकेतिक रुपमा संसद बनाएर सभामुखविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरको हुन् ।

युवा संघले ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे, हत्यारा सभामुख राजीनामा दे’ लगायतका नारा लगाउँदै सडकमै विरोध प्रदर्शन गरेको छन् ।

नेकपा एमाले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उहाँको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।