अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 युरेनियम कारोबारको आरोपमा कांग्रेस नेता महतसहित ८ जना पक्राउ

 युरेनियम कारोबारको आरोपमा कांग्रेस नेता महतसहित ८ जना पक्राउ


काठमाडौं – नेपाली कांग्रेस नेता नवराज महतसहित ८ जनालाई युरेनियम कारोबारको आरोपमा पक्राउ गरेको छ । प्रहरीको बिशेष ब्यूरो र बौद्ध वृत्तले सोमबार हायात होटलबाट दुई केजी आठ सय ग्राम युरोनियम बरामद गरेको हो ।

पक्राउ पर्नेमा काँग्रेस ललितपुरका नेता नवराज महत रहेका छन् भने अन्यमा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिरहाका गोपिलाल दास,  नारायण यादव, महोत्तरीका सुरेन्द्र प्रसाद चौधरी रहेका छन् । यस्तै भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर पनि पक्राउ परेका छन् ।

महत ललितपुर क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभाका उम्मेदवार थिए । बौद्ध इलाकामा केही व्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्न लागेको सूचना पाएपछि प्रहरी प्रहरी प्रधान कार्यालयबाट समेत सादा पोशाकमा प्रहरी परिचलन गरिएको थियो ।

आणविक ऊर्जा तथा हतियार बनाउन प्रयोग हुने ‘युरेनियम’ बिक्री-वितरणमा उनीहरू संलग्न रहेको प्रहरी स्रोतको दाबी छ । स्रोतकाअनुसार प्रहरीले नै स्टिङ अपरेसन गरेर उक्त गिरोहसँग खरिदको डिल गरेको थियो ।

प्रहरीले खोजबिनका क्रममा ह्यात रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित सुरुमा भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई पक्राउ गरेको थियो ।  सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई उनीहरुले भारतबाट ल्याई प्रतिकिलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको प्रहरीले जनाएको छ । यसका लागि उनीहरुले केही व्यक्तिसँग डिल समेत गरेको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि हुन बाँकी रहेको बताउनु भयो । २०७७ फागुनमा पनि प्रहरीले बौद्धबाट २ केजी युरेनियम जस्तो धातु सहित चार जनालाई पक्राउ गरेको थियो ।