अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद बैठक आज दिउसो १ बजे,सरकारले एमसीसी दर्ता गर्ने

संसद बैठक आज दिउसो १ बजे,सरकारले एमसीसी दर्ता गर्ने


काठमाडौं -अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी दर्ता गर्नका लागि आज दिउसो १ बजे संसदको बैठक बस्दैछ ।

बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने जानकारी दिनुभएको छ । नेपाली कांग्रेसको हिजो बसेको संसदीय दलको बैठकमा देउवाले तत्कालीन नाफा–घाटा नहेरी एमसीसी टेबल गर्ने जानकारी दिनुभएको थियो ।