काठमाडौं -अमेरिकी सहयोग एमसीसी पास गर्न मौन सहमति दिने निर्णय गरेको माओवादीले आज विहान संसदीय दलको बैठक बोलाएको छ ।
दिउँसो बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा आज बिहान १० बजे संसदीय दलको बैठक बोलाएको हो ।
संसदमा पेस हुने भनिएको एमसीसी, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव जस्ता विषयमा छलफलका लागि संसदीय दलको बैठक बोलाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभएको छ ।
माओावदीले एमसीसी टेवुल गर्न समर्थन दिने तर पास गर्ने दिन संसदमा अनुपस्थित हुने रणनीति लिएको छ ।






प्रतिक्रिया