अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्पादक अरुण बरालको टिप्पणी– ‘माओवादी पार्टी रामदेवको योग शिविर जस्तै’

सम्पादक अरुण बरालको टिप्पणी– ‘माओवादी पार्टी रामदेवको योग शिविर जस्तै’


काठमाडौं– रातोपाटीका सम्पादक अरुण बरालले माओवादी केन्द्रलाई रामदेवको योग शिविरसँग तुलना गर्नुभएको छ ।

‘माओवादी पार्टी रामदेवको योग शिविर जस्तो छ । प्रचण्डले बस् भन्दा सबै बस्छन् । लामो सास तान् भन्दा सबैले सास तान्छन् । सास रोक् भन्दा सबैले सास रोक्छन्,’ बरालले फेसबुकमा लेख्नुभएको छ, ‘यस्तोबेला पनि प्रचण्डले पार्टीलाई रुढीवादको आहालबाट बाहिर निकालेर हिँडाउन सकेनन् भने उनी फेल भए भन्ने बुझे हुन्छ ।’

एमसीसीको विपक्षमा रहेको माओवादी र त्यही पार्टीबाट सभामुख हुनुभएका अग्नि सापकोटाको युटर्नप्रति संकेत गर्दै बरालले यस्तो टिप्पणी गर्नुभएको हो ।