अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीक‍ो बिरोध गर्न नारायणकाजी सडकमा

एमसीसीक‍ो बिरोध गर्न नारायणकाजी सडकमा


काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा सडकमा प्रदर्शन गर्न निस्कनु भएको छ ।   

संसदीय दलको बैठकलगत्तै माओवादी कार्यकर्ता र भ्रातृ संगठनको एमसीसीविरुद्धको प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी हुनु भएको हो ।

माओवादी केन्द्रको संसदीय दलको बिहान बसेको बैठकले एमसीसी यथास्थितिमा पेस र पारित गर्न नहुने जबरजस्ती गरिए गठबन्धन तोडेर सरकारबाट बाहिरिने समेत निर्णय गरेको थियो ।

आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसिसीविरूद्ध प्रदर्शन गरिएका छन् ।