काठमाडौं – एनएमबि बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच ताप्लेजुङ्गको ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लि.द्वारा प्रवर्द्घित आयोजना हो।
रेमिट हाइड्रो लि.को मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरु लगानी रहनेछ।
एनएमबि बैंकले समझदारीपत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सहवित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गर्ने छ ।
घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहने छ । एनएमबि बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको थियो । त्यसैगरी एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ।







प्रतिक्रिया