अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ

एमसीसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ


काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।

सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी समेत घाइते भएका छन्। तर घाइतेको यकिन तथ्यांक प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले पानीका फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको छ। 

सरकारले बुधबारको संसद बैठकमा एमसीसी पेश गर्ने तयारी गरेपछि सत्ता गठबन्धन र विपक्षी दलका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।