अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर र लिखत कसुर मुद्दाका फरार अभियुक्तलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने ३८ वर्षीय मोहन बहादुर तामाङ हुन् ।

उच्च अदालत पाटनबाट २०७६ चैतमा फैसला भएको बैंकिङ्ग कसुर मुद्दामा तामाङ फरार थिए । जिल्ला अदालत काठमाडौंले २०७८ पुसमा तामाङविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको  प्रहरीले जनाएको छ ।