काठमाडौं – विज्ञापन बोर्डले विज्ञापन आचारसंहिताको प्रस्तावित खाकामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सुझाव लिने क्रमलाई निरन्तरता दिएको छ ।
गत कात्तिक ८ गते विज्ञापन बोर्डको स्थापना दिवशका दिन सावर्जनिक गरिएको यो खाकामा सरोकारवालाहरुको सुझाव लिएर अन्तिम रुप दिने तयारी भएको अध्यक्ष लक्ष्मण हुमागाईंले जानकारी दिनुभयो ।
हुमागाईंका अनुसार नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, पत्रकारका पेशागत संगठनहरु, महिला पत्रकार सम्बद्ध संगठनहरुसँग अन्तरक्रिया भइसकेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहित अन्तगर्त विज्ञापन आचारसंहिता पनि अनुगमन गरिने भएकोले काउन्सिल र वोर्डले संयुक्त रुपमा काम गर्नुपर्ने बताउनुभएको छ ।
महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन आचार संहिताले विज्ञापनका कारण समाज हुन सक्ने हानीलाई रोक्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
यसैगरी वरिष्ठ पत्रकार एवं सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले विज्ञापनमा महिलालाई विभेद गर्ने प्रकारले गरिने गरेको प्रष्तुतीलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
काउन्सिलकी पूर्व सदस्य संगिता खड्काले विज्ञापनका रुपमा प्रकाशन र प्रशारण गरिने विज्ञापनमा महिला र पुरुष समान हुन् भन्ने सन्देश दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष हुमागाईंले बोर्डले सबै पक्षको सुझावलाई समेटेर विज्ञापन आचार संहितलाई अन्तिम रुप दिनु बताउनुभयो ।







प्रतिक्रिया