अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाअभियोग लगाउनुपर्ने धेरै छन्, जो सुकैले ल्याए पनि पास हुँदैन : महासचिव पोखरेल

महाअभियोग लगाउनुपर्ने धेरै छन्, जो सुकैले ल्याए पनि पास हुँदैन : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले महाअभियोगको प्रस्ताव जोसुकैले ल्याए पनि पास नहुने दाबी गर्नुभएको छ ।

नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले महाअभियोगको प्रस्ताव जोसुकैले ल्याए पनि पास नहुने दाबी गर्नुभएको हो । उहाँले सर्वोच्च अदालतमा महाअभियोग लगाउनुपर्ने धेरै व्यक्तिहरू रहेको पनि बताउनु भएको छ ।

अदालतमा महाअभियोग लगाउनुपर्ने प्रकृतिका धेरै भएको बताउनु भयो । उहाँले कुनै पनि काम गतिलो नभएको दावी समेत गर्नुभयो ।

महासचिव पोखरेल भन्नुहुन्- ‘अहिले संसद्भित्र जे समीकरण छ । महाअभियोग कसैको पनि पास हुँदैन, हामीले पेस गरे पनि पास हुँदैन, सत्तापक्षले पास गरे पनि पास हुनेवाला छैन, यो न्यायाधीश तर्साउनलाई मात्रै हो ।’

पाँच दलीय सत्ता गठबन्धनले न्यायाधीश तर्साउन थालेकाले आवश्यक परे आफूहरूले पनि हतियार प्रयोग गर्न सक्ने बताउनुभयो।

महासचिव पोखरेलले सत्तापक्षले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर गलत गरेको भन्दै सच्याउन आग्रह समेत गर्नुभएको छ ।