काठमाडौं – काठमाडौं उपत्यकामा झण्डै रु.३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन्।
अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनीहरूबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद गरेको छ ।
प्रतिक्रिया