काठमाडौं – नेकपा एमालेनिकट अनेरास्ववियुले स्ववियु निर्वाचन गर्न माग गरेको छ। अनेरास्ववियु स्ववियु परिचालन विभागले निर्वाचनको दबाब दिन अन्तर्क्रिया समेत गरेको छ।
त्रिभुवन विश्वविद्यालय परिसरमा भएको कार्यक्रममा अनेरास्ववियु इन्चार्ज एवं एमाले पोलिटब्युरो सदस्य माधव ढुंगेलले पञ्चायतमा समेत स्ववियु निर्वाचन भएको तर अहिले नभएकोमा आपत्ति जनाउनु भयो ।
अनेरास्ववियुका अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य सुनिता बरालले व्यवस्था परिवर्तन गर्न भूमिका खेलेको स्ववियुको निर्वाचन जरूरी रहेको बताउनु भयो ।
अनेरास्ववियु स्ववियु परिचालन विभागका प्रमुख टपेन्द्र शाहीले राजाको शासनमा समेत भएको स्ववियु निर्वाचन गणतन्त्रमा नहुनु गलत भएको बताउनु भयो ।
हरेक दुई वर्षमा हुनपर्ने स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालयका ३६ आंगिक क्याम्पसमा १३ वर्षदेखि हुन सकेको छैन ।







प्रतिक्रिया