अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटनामा युरोपको माल्टामा नेपाली युवाको मृत्यु

दुर्घटनामा युरोपको माल्टामा नेपाली युवाको मृत्यु


माल्टा- युरोपको पर्यटकीय क्षेत्र माल्टामा रोजगारीका सिलसिलामा पुगेका नेपाली युवा अजय श्रेष्ठको सडक दुर्घटनामा परी निधन भएको छ।

फुड डेलिभरीको काम गर्ने गरेका श्रेष्ठको फेब्रुअरी १६ का दिन विहान कामको सिलसिलामा स्कूटरमा फुड डेलिभरी गर्ने क्रममै दुर्घटना भएको थियो। समाचारअनुसार, उनको घटनास्थलमै मृत्यु भएको थियो।

नेपालको नेपालगञ्ज स्थायी घर भएको २६ बर्षीय युवा श्रेष्ठ माल्टामा वल्ड नामक फुड डेलिभरी कम्पनीमा कार्यरत थिए। सो कम्पनीको एपमा खानाको अर्डर आउने र एपबाटै काम स्वीकार गरी तयारी खानामा अर्डरकर्ताको घर पुर्‍याउने काम श्रेष्ठले गर्दै आएका थिए।

विहान सवा ११ बजेतिर खाना खाने समयमा डेलिभरीको काममा निस्केका उनलाई माल्टाको अल्डो मोरो स्ट्रीटमा विपरीत दिशाबाट आएको एउटा ट्रकले दुर्घटना गराएको थियो। विपरीत दिशाबाट आएको ट्रक अनियन्त्रित भई रोड क्रस बारमा ठोक्किएको र विजुलीको पोल ठल्दा सो पोलले लागेर स्कूटरमा रहेका श्रेष्ठको मृत्यु भएको थियो।