काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रति तोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको हो। मंगलबार सुन प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको थियो।







प्रतिक्रिया