काठमाडौं- प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ ।
दुई शीर्ष नेताको बैठकले गठबन्धनको बैठक ५ बजेलाई सारेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले बताउनुभयो ।
बुधबारको बसेको प्रतिनिधिसभा बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबल हुने जनाएपछि यसको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो ।
एमसिसीका सम्बन्धमा साझा धारणा र सहमति जुटाउन गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ ।







प्रतिक्रिया