सिन्धुपाल्चोक – प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौँ जिल्ला अधिवेशनको अवसरमा नौजना पत्रकार पुरस्कृत हुनुभएको छ भने एक पत्रकारलाई सम्मान गरिएको छ ।
अधिवेशनको अवसरमा सिन्धुपाल्चोक शाखाले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशिल पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका सम्पादक मातृका पौडेललाई पुरस्कृत गरेको हो । १० हजार १११ रुपैंयाको राशिको यो पुरस्कार पहिलो वर्ष दोलखाका पत्रकार राजेन्द्र मानन्धरलाई पुरस्कृत गरिएको थियो । त्यस्तै प्रेस चौतारी सम्मानबाट पत्रकार प्रमोद न्यौपानेलाई सम्मान गरिएको चौतारीका संयोजक विदुर आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै सिन्धु चौतारी युवा क्रियाशीलता पत्रकारिता पुरस्कारबाट रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशी ५ हजार रहेको छ ।
चोकटीका समाजसेवी बद्री अधिकारीका चार दाजुभाइले आफ्ना बुबा कुलबहादुर अधिकारी र आमा प्रेमकुमारी अधिकारीको नामबाट स्थापना गरिएको प्रेस चौतारी कुलबहादुर प्रेमकुमारी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरू ध्रुव दंगाल, रामकृष्ण थापा, नेत्रप्रसाद पौडेल, शर्मिला ठकुरी, निरोज चौलागाई र सुन्दर शिरीषलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक दिनेश थापाले जानकारी दिनुभयो ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले उहाँहरूलाई सम्मान र पुरस्कार वितरण गर्नुभयो ।







प्रतिक्रिया