सिन्धुपाल्चोक – प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौँ जिल्ला अधिवेशनले विदुर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आज भएको पाँचौँ जिल्ला अधिवेशनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा देवराज सुवेदी, सचिवमा सागर खड्का, सह सचिवमा दिपिन ढुङ्गाना र कोषाध्यक्षमा गोमा खत्री चयन हुनु भएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा सुशिल सुवेदी, विशाल आचार्य, सुनिता लामा र मिङ्मार ग्याल्बो सर्वसम्मतरुपमा चयन हुनुभएको छ ।






प्रतिक्रिया