अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन बैठकअघि एमाले अध्यक्ष ‌ओलीसँग कांग्रेस नेता मिनेन्द्र रिजालको भेटवार्ता

गठबन्धन बैठकअघि एमाले अध्यक्ष ‌ओलीसँग कांग्रेस नेता मिनेन्द्र रिजालको भेटवार्ता


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भेटवार्ता गर्नुभएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति नजुटिरहेका बेला रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुग्नु भएको हो । एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल गर्न रिजाल ओली निवास पुग्नु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई दूतका रुपमा अध्यक्ष ओलीसँग वार्ताका लागि उहाँको भक्तपुरस्थित निवास बालकोटमा पठाउनु भएको हो ।