अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त


काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

हमाल एनआरएन थाइल्याण्डका पूर्वअध्यक्ष समेत हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो ।

बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो । अध्यक्षका लागि पहिलो पटक निकालिएको सूचना विवादमा आएपछि दोस्रोपटक अध्यक्षको लागि आवेदन मागिएको थिए ।