अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट जानुभएको हाे ।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न नसकेपछि गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न जानु भएको हो ।

आज नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गर्नु भएको थियो ।