अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र प्रधानमन्त्री देउवाको बालकोट भेटवार्ता सकियो

अध्यक्ष ओली र प्रधानमन्त्री देउवाको बालकोट भेटवार्ता सकियो


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुग्नु भएको थियो । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन ।

बालकोटमा प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा राणा पनि जानुभएको थियो। गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न जानु भएको हो । भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।