अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी दर्ता गर्ने कि नगर्ने भन्ने संसयका बीच आज संसद बैठक बस्दै

एमसीसी दर्ता गर्ने कि नगर्ने भन्ने संसयका बीच आज संसद बैठक बस्दै


काठमाडौं -अमेरिकीि सहयोग एमसीसी संसदमा दर्ता गर्ने कि नगर्ने संसयका बीच आज प्रतिनिधि सभाको बैठक बस्दै छ।
संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।
बैठकको दैनिक कार्यसूचीमा एमसीसी राखिएको छैन।

सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने भनेर राखिएको छ।
तर बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले आज संसदमा एमसीसी टेबल गर्ने बताएका छन्।

तर कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकबाट हेरफेर पनि गर्न सकिन्छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल गर्न सभामखु अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राख्दै छन्।

तर गठबनधनका अन्य दल अहिल्यै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छैनन्।

बिहीबार साँझ बालुवाटारमा भएको छलफलमा पनि उनीहरूले त्यही अडान राखेपछि कुरा मिलेन। आज बिहान पुनः गठबन्धनको बैठक बस्ने नेताहरूले बताएका छन्।

गठबन्धनको बैठक सकिनेलगत्तै बिहीबार राति प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुग्नुभएको थियो।