काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज पनि संसद् अवरोध जारी राख्ने भएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूको माग पूरा नभएकाले अवरोध कायम राख्ने बताउनुभयो ।
“संसदमा हामीले उठाएको माग पूरा भएको छैन । अवरोध जारी राख्छौँ,” उनले भने ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ । एमालेले पार्टीले कारबाही गरेका १४ सांसद्को सूचना टाँस्नुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
त्यस्तै, एमाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि नजाने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकअघि बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभयो ।







प्रतिक्रिया