अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित

ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित


काठमाडौं- ज्ञानेन्द्र शाहीले चलाएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान आज राप्रपामा समाहित भएको छ ।

राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र उक्त अभियानबीच समायोजन घोषणासभा भएको छ ।

राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति लिएर यस कार्यका लागि महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।

वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाइ राप्रपामा समाहित गर्न गरेको प्रस्तावलाई आज राप्रपाको पदाधिकारी बैठकले अनुमोदन गरेको छ ।