अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी, अर्को बैठक ८ गते

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेको नाराबाजी, अर्को बैठक ८ गते


काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

एमाले अवरोधबीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिनुभएको थियो ।

सभामुखको अनुमतिअनुसार मन्त्री बडुले प्रतिवेदन पेस गरेका प्रतिवेदन पेस गर्नुभयो । त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक फागुन ८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको घोषणा गर्नुभयो ।