काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धन र एमसीसीमध्ये एक रोज्न सुझाव दिनुभएको छ ।
संसद भवन नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्री देउवासामु अमेरिकी सहयोग परियोजना एमसीसी पास वा सत्ता गठबन्धन जोगाउने विकल्प रहेको बताउनु भयो ।
‘एमसीसी पास गराउने कि सत्ता भन्ने विकल्प शेरबहादुरजीले रोज्नुपर्छ’ उहाँले भन्नुभयो, ‘एमसीसी पास गरौं भने सत्ता गठबन्धन टुट्ने सम्भावना देख्छु, गठबन्धन राख्ने हो भने एमसीसी छोड्नुपर्यो । दुईमध्ये एक हुनसक्छ । एमसीसी पारित गर्ने कि त सत्ता गठबन्धन जोगाउने’, कोइरालाले भन्नुभयो ।
उहाँले एमसीसीले दिने अनुदान नेपालका लागि आवश्यक रहेको भन्दै संसदबाट पारित गराउनु नै उपयुक्त हुने बताउनुभयो । यति ठूलो अनुदान हत्तपत्त कुनै देशले नदिने र यसको पछाडि अमेरिकाको कुनै स्वार्थ नभएको कोइरालाले बताउनुभयो ।







प्रतिक्रिया