धनगढी – धनगढीमा जारी एलपीएलको छैटौं संस्करणअन्तर्गत सोमबार सम्पन्न खेलमा शारदा सरस्वती दोधारा कञ्चनपुर र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् ।
सोमबार सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै शारदा सरस्वती दोधारा विजयी भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । शारदाका लागि हेमन्त धामीले अविजित ३८ रन बनाएका थिए । बलिङ तर्फ एभरेस्टका कृश ऐरले ३ तथा आकाश चन्द र धर्म जोशीले समान २र२ विकेट लगेका थिए ।
१३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको एभरेस्ट एकेडेमी १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय रनमा समेटियो । एभरेस्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए ।
एभरेस्टलाई सस्तैमा समेट्ने क्रममा शारदाका अर्जुन सिंह साउँदले ४ विकेट लिए । सो खेलको खेलको प्लेयर अफ दी म्याच हेमन्त धामी घोषित भए ।
सोमबार नै सम्पन्न एलपीएलको दोस्रो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले लगातार तेस्रो जीत हात पारेर सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ । सोमबार सैनिक आवासीय महाविद्यालय तेघरीलाई ९२ रनले पराजित गर्दै हिमालयनले शानदार जित दर्ता गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रनको विशाल योगफल जोडेको थियो । उसका लागि कप्तान नारायण जोशीले ३२ बलमै ९२ रन जोडे, भने वसन्तसिंह कार्कीले ४७ रन बनाए । बलिङतर्फ सैनिकका गौतम केसीले सर्वाधिक २ विकेट लिए ।
२ सय ७ रनको उच्च लक्ष्य पच्छ्याएको सैनिक आवासीय मावि १५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो । सैनिकका लागि सुरुवाती ब्याट्सम्यान उसका लागि प्रज्वल थापाले सबै भन्दाबढी ३६ रन जोडेका थिए । हिमालयका लागि बलिङ तर्फ दीपक बोहरा ९जुनियर०ले ५ तथा अनुप कुँवरले ४ विकेट हात पारेका थिए । सो खेलको प्लेयर आफ दी म्याच नारायण जोशी घोषित भए ।
प्रतियोगिता अन्तरगत मङ्गलवार पनि दुई खेल हुनेछन् । मंगलबार पहिलो खेल आयोजक लिटल फ्लावर र गुरुकुल स्कुलबीच हुनेछ भने, दोस्रो खेल विद्या भूषण र स्टेपिङ स्टोन स्कुलबीच हुने छ ।
प्रतिक्रिया