गुल्मी – नेकपा एमालेका सचिव गोकर्ण विष्टले पाँच दलीय सत्ता गठबन्धनले एमसीसी संसद्मा टेबल गरेर दोहोरो चरित्र देखाएको बताउनुभएको छ ।
आज गुल्मीको मुसिकोट नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाट्न गर्नुहुँदै सचिव विष्टले सत्ताधारी गठबन्धनबाट एकातिर एमसीसी संसद्मा पेश गर्ने सहमति गर्ने र अर्कोतिर सडक तताएर तमासा देखाइरहेको बताउनुभयो ।
नेता विष्टले एकातिर सत्तागठबन्धनका मन्त्रीहरूले भोट हाल्न पाउने तर अर्कोतिर सांसदले बहिष्कार गरे झैं गरी नाटक मञ्चन भइरहेको बताउनुभयो ।







प्रतिक्रिया