अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी पास गर्ने रणनीतिसहित प्रचण्ड र सभामुखबीच भेट

एमसीसी पास गर्ने रणनीतिसहित प्रचण्ड र सभामुखबीच भेट


काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

प्रतिनिधि सभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भइरहँदा प्रचण्ड र सापकोटाबीच भेटवार्ता भएको हो ।

प्रचण्ड सभामुखलाई भेट्नका लागि लैनचौरस्थित निवास पुग्नुभएको थियो । भेटमा माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । एमसीसीको विपक्षमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्र यतिबेला संकटमा परेको छ ।

सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ ।